आज मिति २०८२।०३।१५ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री ध्रुब खनालज्यू,वडा अध्यक्ष श्री नकुर दोङ तामाङज्यू,स्वास्थ्य संयोजक बासु श्रेष्ठज्यू,स्वास्थ्य संस्थाका प्रतिनिधि स्वास्थ्यकर्मीज्यूहरु,विद्यालयका प्रतिनिधि शिक्षकहरु,विद्यालय नर्सहरु तथा विद्यालयका प्रतिनिधि विद्यार्थीहरुको सहभागितामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०८२।०३।१३ गते तादी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,लेखा प्रमुख श्री सेवक विक्रम राईज्यू,खरानीटार अस्पतालका मे.सु श्री डा. एरीका कार्कीज्यू,तादी गाउँपालिकाको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीज्यूहरुको सहभागितामा उच्च रक्तचाप जुनोटिक रोग सर्पदंश र ANTIMICROBIAL RESISTANCE-AMR सम्बन्धित पैरवी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०८२।०३।०९ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको सभाध्यक्षमा बसेको तादी गाउँपालिकाको १७ औं अधिवेशनको दोस्रो बैठकमा तादी गाउँपालिका उपाध्यक्ष,बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री सन्जु प्याकुरेलज्यूबाट प्रस्तुत गर्नु भएको आ.व २०८२।८३ को लागि तादी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८२ , सभामा पेश भएको तादी गाउँपालिकाको आर्थिक विद्येयक २०८२, तादी गाउँपालिकाको विनियोजन विधेयक २०८२ र्सवसम्मति ढङ्गले पारित भई सम्पन्न भयो ।
आज मिति २०८२।०३।०६ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा सभा २०८२ , विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,प्र.प्र.अ.