Submitted on: Thu, 09/04/2025 - 15:52
आज मिति २०८२।०३।०४ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षमा बसेको तादी गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा आगामि आ.व. २०८२।०८३ काे निति तथा कार्यक्रम २०८२, तादी गाउँपालिकाको संघ संस्था दर्ता तथा नियमन ऐन २०८२, तादी गाउँपालिका खानेपानी,सरसफाई तथा स्वच्छता ऐन २०८२, तादी गाउँपालिका सार्वजनिक खरिद नियमावली सभामा प्रस्तुत भई सर्वसम्मत ढङ्गले पारित समेत भई सम्पन्न भयो ।
Submitted on: Thu, 09/04/2025 - 15:49
सामाजिक विकास कार्यालय ,गजुरी धादिङ र तादी गाउँपालिकाको संयुक्त आयोजनामा आज मिति २०८२।०३।०२ गते दखि ३ दिन सम्म संञ्चालन हुने विपन्न दलित सशत्तिकरण कार्यक्रम अन्तरर्गत बाख्रा पालन सम्बन्धी तालिम कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथि प्र.प्र.अ श्री ध्रुब खनालज्यू तथा तादी गाउँपालिकामा बसोबास गर्नहुने विपन्न दलित समुदायका नागरिकहरुको उल्लेख्य सहभागितामा सुभारम्भ भयो ।
Submitted on: Thu, 09/04/2025 - 15:46
आज मिति २०८२।०३।०२ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाँउपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा तादी गाँउपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथि प्र.प्र.अ श्री ध्रुब खनालज्यू ,कार्यक्रम प्रशिक्षक नविन मैनालीज्यू,तादी गाउँपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाका प्रतिनिधि व्यवस्थापक तथा कर्मचारीहरुको सहभागितामा मिति २०८२।०२।२९ गते देखी २०८२।०३।०२ गते सम्म संञ्चालन भएको सहकारी संस्थाहरुलाई लेखा तथा बित्तिय साक्षरता ५ दिने कार्य क्षमता विकास तालिम तादी गाउँपालिकाको सभाहलमा समापन समारोह सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण भई सु–सम्पन्न भयो
Submitted on: Thu, 09/04/2025 - 15:44
तादी गाउँपालिकाको स्थानीय निर्देशन समितिका अध्यक्ष तथा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, प्र.प्र.अ श्री ध्रुब खनालज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाको विभिन्न विषयगत शाखाका कर्मचारीज्यूहरु,निर्माण व्यवसायीहरु,स्थानिय उद्योग बाणिज्य संघका प्रतिनिधि ,समाजसेवी ,सरोकारवालाहरु र अन्य आमन्त्रितहरुको उपस्थितिमा स्थानिय तहमा रोजगार रणनिति अध्यावधिक कार्यान्वयन तथा आन्तरिक रोजगार प्रर्बद्धन अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भयो ।
–मिति २०८२।०३।०१
Pages