आज मिति २०८१।०२।०२ गते विद्यालय विद्यार्थी संग सूचना प्रविधि साक्षरता कार्यक्रम अन्तर्गत तादी गाउँपालिकाको वडा नं ४ स्थित सुन्दरादेवी माध्यामिक विद्यालयमा प्रधानाध्यापक श्री राजन पाठकज्यूको अध्यक्षतामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुको सहभागितामा सूचना प्रविधि साक्षरता कार्यक्रम भई सु–सम्पन्न ।विद्यालयमा सूचना प्रविधिको समुचित प्रयोग,विद्यार्थीको शिक्षण सिकाईमा सूचना प्रविधिको महत्त्व तथा ICT Career( पेशा) सम्बन्धमा जानकारी दिईने उदेश्यले राखिएको कार्यक्रम बाट विद्यार्थी भाईबहिनिहरुको पठनपाठनमा सूचना प्रविधिको प्रयोग बारे उल्लेख्य जानकारी हासिल हुने अपेक्षा समेत गरिएको छ ।
समाचार
ग्यालरी
आज मिति २०८१।०२।०१ गते तादी गाउँपालिका अध्यक्ष तथा प्रधानमन्त्री रोजगार कार्यक्रम तादी गाउँपालिकाको स्थानिय निर्देशन समितिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री नन्द लाल शर्माज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,शाखागत कर्मचारीज्यूहरु साथै अन्य आमन्त्रित सदस्यज्यूहरुको उल्लेख्य उपस्थिति ,सहभागितामा रोजगार संवाद मञ्च गठन सम्बन्धमा बसेको बैठकमा सो सम्बन्धी कार्यविधि लगायत अन्य विविध विषयमा व्यापक छलफल भई सम्पन्न ।
तादी गाउँपालिकाको आयोजनामा आज मिति २०८१।०१।१३ गते जिल्ला अदालत नुवाकोटको माननीय श्रीमान श्री सुभास बाबु पुरीज्यूको प्रमुख आथित्यता, तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यूको अध्यक्षता,विशेष अथिति तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,अथितिहरु खेम कुमारी बस्नेतज्यू,रोसन सुनार ज्यू,तादी गाउँपालिका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यू,वडा सदस्यज्यूहरु,न्यायिक मेलमिलापकर्ताज्यूहरु,शाखागत कर्मचारीज्यूहरु,वडा सचिवज्यूहरुको उल्लेख्य सहभागितामा जिल्ला अदालत संग न्यायिक समितिको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम भई सु–सम्पन्न।
तादी गाउँपालिकाको आयोजनामा यहि मिति २०८०।१२।१४ गते देखि संचालन भएको कफि सम्बन्धी बारिस्ता तालिम आज मिति २०८१।०१।०५ गते तादी गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको सभापतित्वमा,प्रमुख अथिति तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,विशेष अथिति उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, अथितिहरु अमरज्योति मा.विका प्रधानाध्यापक सुरेन्द्र अधिकारीज्यू,अमरज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सच्चिदान्नद उप्रेतिज्यू,कार्यपालिका सदस्य श्री ईन्जिला सिलवालज्यू,वडा नं ३ का सदस्यज्यूहरु,शिक्षक अभिभावक संघका अध्यक्ष श्री प्रेम ब.
आज मिति २०८०।१२।०५ गते तादी गाउँपालिकाको शिक्षा,युवा तथा खेलखुद शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको अध्यक्षतामा पूर्व प्रथामिक कक्षा मा शिक्षण गर्ने शिक्षकहरुलाई मन्टेश्वरी तालिम कार्यक्रम समुद्घाटन भई यस १० दिने तालिम कार्यक्रम शुभारम्भ ।
"समावेशी र सीपमुलक शिक्षाः स्वदेशमै युवा ,राष्ट्रको इच्छा "भन्ने मुल नारा सहित ४१औं शिक्षा दिवश २०८० का सुःअवसरमा तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अथिति तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,अथितिहरु प्र.प्र.अ खेमराज छिनालज्यू,वडा अध्यक्षहरु श्री बच्चुराम तामाङज्यू,श्री अस्मिन कुमार पाण्डेज्यू,श्री नकुर दोङ तामाङज्यू,कार्यपालिका सदस्यज्यूहरु,शिक्षा अधिकृत रामचन्द्र कार्कीज्यू,विभिन्न शाखाको पालिकाको कर्मचारीज्यूहरु,विद्यालयका प्रधानाध्यपकज्यूहरु,शिक्षक शिक्षिका ज्यूहरु,विद्यार्थी भाईबहिनिहरुको सहभागिता र उपस्थितिमा माध्
सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी मिति २०७९।०६।०४ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा साथै उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ.प्रयास भट्टराईज्यू,वडा अध्यक्ष श्री नकुर दोङ तामाङज्यू,श्री सोनाम तामाङ ज्यूको आथित्यतामा साथै शाखागत कर्मचारीहरु, सुआहाराका प्रतिनिधिहरू,स्वास्थ्य स्वयंम सेविकाहरु ,इलाका प्रहरी कार्यालयको प्रतिनिधिहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरुको उपस्थितिमा सु–सम्पन्न ।
मिति २०७९।०६।०४ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा साथै उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ. प्रयास भट्टराईज्यू,वडा अध्यक्ष श्री नकुर दोङ तामाङज्यू,श्री सोनाम तामाङ ज्यूको आथित्यतामा साथै शाखागत कर्मचारीहरु, स्वास्थ्य स्वयंम सेविकाहरु ,इलाका प्रहरी कार्यालयको प्रतिनिधिहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरुको उपस्थिति र सहभागितामा डेंगु रोग सम्बन्धी सचेतना तथा अन्तक्रिया कार्यक्रम सु–सम्पन्न ।
"व्यवसायिक र सिर्जनशील प्रशासन: विकास र समृद्धि र सुशासन" भन्ने मुल नारा सहित आज मिति २०७९।०५।२२ गते निजामती सेवा दिवश–२०७९ को सु–अवसरमा सम्पुर्ण कर्मचारीहरुको सहभागितमा गाउँपालिकाको प्रशासकीय भवन परिसरमा सरसफाई गरि सम्पन्न गरियो ।
आज मिति २०७९।०५।०८ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा मानवबेचबिखन र ओसारपसारको मुद्धा,विषय र समितिहरु लगायतका विषयमा पालिकाको अवस्था विश्लेषण तथा छलफल कार्यक्रम ,हाम्रो सम्मान प्रोजेक्ट तथा विनरक इन्टरनेसनलको प्राविधिक सहयोग र समन्वयमा तादी गाउँपालिकाका विभिन्न शाखागत कर्मचारीहरु लगायत विभिन्न संस्थाका प्रतिनिधि कर्मचारीहरुको समेत सहभागितामा कार्यक्रम सु–सम्पन्न ।
