समाचार
तादी गा.पा. वडा नं ३ अनिवार्य तथा निःशुल्क शिक्षा घोषण कार्यक्रम २०८०।०८१
"आधारभूत तह उमेर समुहका वालवालिकाहरु विद्यालय भर्ना र सम्मान,अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा तादी गाउँपालिकाको अभियान" भन्ने मुल नारा सहित आज मिति २०८१।०२।२२ गते तादी गा.पा. वडा नं ३ अनिवार्य तथा निःशुल्क शिक्षा घोषण कार्यक्रम २०८०।०८१ यस तादी गाउँपालिकाको वडा नं ३ का अध्यक्ष श्री सोनाम तामाङज्यूको अध्यक्षता ,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको विशेष आथित्यतामा,प्र.प्र.अ श्री नन्द लाल शर्माज्यु,शिक्षा अधिकृत श्री रामचन्द्र कार्कीज्यूकाे आथित्यतामा तादी गाउँपालिकाको सभाहलमा वडा नं ३ का सामुदायिक विद्यालयलाइ प्रतिनिधित्व गरि सहभागि हुन भएका प्रधानाध्यापकज्यूहरु,विद्यालय व्यवस्थापनका अध्यक्षज्यूहरु, नागरिक समाज ,तादी गाउँपालिकाको कर्मचारीज्यूहरु तथा स्थानिय बासी आमाबुवा,दाजुभाई दिदिबहिनीहरुको उपस्थितिमा सम्पन्न भयो ।