FAQs Complain Problems

आज मिति २०८३।०३।१० गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा बसेको तादी गाउँपालिकाको १९ औं गाउँ सभा अधिवेशनको पहिलो बैठक सम्पन्न ।

आज मिति २०८३।०३।१० गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा बसेको तादी गाउँपालिकाको १९ औं गाउँ सभा अधिवेशनको पहिलो बैठकमा पेश भएको आ.व. २०८३।०८४ को निति तथा कार्यक्रम २०८३,आर्थिक विकास समितिका संयोजक तथा गाउँ सभा सदस्य श्री सोनाम तामाङज्यूले पेश गुर्न भएको आर्थिक विद्येयक २०८३, सार्वजनिक लेखा समितिका संयोजक तथा गाउँ सभा सदस्य श्री राजेन्द्र उप्रेतीज्यूले पेश गर्नु भएको तादी गाउँपालिकाको विनियोजन विद्येयक २०८३ सर्वसम्मत ढङ्गले पारित भई सम्पन्न भयो । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूबाट आ.व. २०८३।८४ को लागि तादी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८३ पेश हुनुको साथै चालु आ.व. २०८२।८३ काे न्यायिक कार्य सम्पादन प्रगति प्रतिवेदन सभामा पेश समेत भएको छ।

आर्थिक वर्ष:

//