समाचार
पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रमाणिकरण सभा कार्यक्रम तादी गाउँपलिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न
तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष तथा तादी गाउँपालिका स्तरिय खोप समन्वय समितिका संयोजक श्री सन्तमान तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,वडा अध्यक्ष श्री सिरमान तामाङज्यू,वडा अध्यक्ष श्री सरोज भण्डारीज्यू,वडा अध्यक्ष श्री नकुर दोङ्ग तामाङज्यूको विशेष आतिथ्यता,अतिथिहरु कार्यपालिका सदस्यज्यूहरु,खरानिटार अस्पतालका मेडिकल अधिकृत श्री डा कैलाश मणि पोखरेलज्यू,स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठज्यू,विभिन्न स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीज्यूहरु,तादी गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी ज्यूहरुको सहभागिता तथा उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रमाणिकरण सभा कार्यक्रमआज मिति २०८३।०१।१५ गते सम्पन्न भयो । यस पूर्ण खोप सुनिश्तिता अभियान जोडिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु,स्वयंसेविकाज्यूहरु लाई धन्यवाद ज्ञापन सहित तथा महत्त्पूर्ण योगदान दिनुहुने सबै वडाका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित प्रमाणपत्र समेत वितरण भई कार्यक्रम समापन भयो ।
