समाचार
क्षेत्रिय पोषण तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम
तादी गाउँपालिकाको आयोजनामा मिति २०८२।०३।१७ गते देखी मिति २०८२।०३।२१ गते सम्म संञ्चालन भएको ५ दिवशीय क्षेत्रिय पोषण तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री ध्रुब खनालज्यू,वडा अध्यक्ष श्री नकुर दोङ तामाङज्यू,कार्यक्रम प्रशिक्षकहरु पुरुषोतम अर्यालज्यू,जर्नादन सिलवालज्यू र मनोज सिग्देलज्यू, तादी गाउँपालिकाको स्वास्थ्य संयोजक श्री बाशुदेव श्रेष्ठज्यू साथै तादी गाउँपालिका भित्रका स्वास्थ्य संस्था र आर्युवेद औषधालयहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको उल्लेख्य सहभागितामा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण भई सम्पन्न भयो ।